शोभित बस्नेत र रेजिना उप्रेतीको विचित्र सम्बन्ध

Rejina says Shovit likes publicity and can do anything for publicity.
Read more in Nepali below:
पटक-पटक ‘स्क्यान्डल’मा फसेर अति चर्चा पाउने कलिउडभित्र कुनै त्यस्तो निर्देशक-हिरोइनको जोडी छ भने त्यो हो शोभित बस्नेत र रेजिना उप्रेतीको जोडी । यो जोडीको सम्बन्ध चर्चाले गुलावी पृष्ठका लागि गसिप मसला मात्र जुटाइदिँदैन कहिलेकाहीँ फिल्मकर्मीसँग हाँसखेल र उठबस गर्ने रंग पत्रकारहरूलाई समेत अचम्ममा पारिदिन्छ ।
पटक-पटक ‘स्क्यान्डल’मा फसेर अति चर्चा पाउने कलिउडभित्र कुनै त्यस्तो निर्देशक-हिरोइनको जोडी छ भने त्यो हो शोभित बस्नेत र रेजिना उप्रेतीको जोडी । यो जोडीको सम्बन्ध चर्चाले गुलावी पृष्ठका लागि गसिप मसला मात्र जुटाइदिँदैन कहिलेकाहीँ फिल्मकर्मीसँग हाँसखेल र उठबस गर्ने रंग पत्रकारहरूलाई समेत अचम्ममा पारिदिन्छ ।
कुनै दिन समाचार आउँछ ‘लौ रेजिना र शोभितबीच कुटाकुट भयो । हातै हालाहाल भयो । एक-अर्कालाई खुब गाली गरे शोभित-रेजिनाले ।’ खबर सम्प्रेषण भएकै दिन यो जोडी न्युरोडको कुनै क्याफे वा नयाँ फिल्मका लागि ‘सिटिङ’मा सँगै भेटिएको पनि सुनिन्छ, देखिन्छ ।
यस्तो खबरसँगै फिल्मकर्मीहरू प्रतिक्रिया दिन्छन्, ‘यो जोडी नै यस्तै हो । यसलाई नौलो नमाने हुन्छ ।’ रेजिना वा शोभितनिकटहरूले नौलो नमान्ने यो जोडीको यस्तो सम्बन्ध साँच्चिकै विचित्र प्रकारको प्रतीत हुन्छ । कुनै पनि घटनालाई स्थायी वा दीर्घकालीन बदलाभावमा रूपान्तरण नगर्ने यो जोडीले किन यस्तो अनौठो खालको सम्बन्ध कायम गरिरहेको छ त ? पछिल्ला दिनमा यो जोडी झगडाका विषयमा केही बताउन चाहँदैन । ‘भो-भो यस सम्बन्धका विषयमा कुरै नगरौँ,’ हिरोइन उप्रेती भन्छिन्, ‘यो विषय धेरै भयो ।’
उप्रेतीले भनेझैँ ‘यो विषय धेरै त भयो’ तर यो जोडीको सम्बन्धको चर्चा, यसका कारण र यसको प्रभाव एवं विचित्रताका विषयमा समीक्षा भने भएको छैन । ‘विचित्र सम्बन्ध’का विषयमा अन्तरंग नगरे पनि यो जोडीले एक-आपसका गुण र दोष, सफलता र असफलता, सबलता र दुर्बलताका विषयमा भने टिप्पणी गर्छ । एक-अर्काको मूल्यांकन गर्छ र सुधारिनुपर्ने कुराको फेहरिस्त पनि प्रस्तुत गर्छ ।

झन्डै नौ वर्षदेखि संगत गरेका उनले रेजिनाको के कमजोरी देख्दा हुन् ? ‘पहिले जानी-जानी गल्ती गर्ने र पछि पछुताउने उनको कमजोरी हो,’ उनले भने । रेजिनाको यस कमजोरीले उनको करियरलाई हानि पुर्याएको ठहर छ, शोभितको । अनि उनले रेजिनालाई ‘आफ्नो कमजोरी हटाउन यो-यो गर’ भनेर सुझाब दिएनन् त ? ‘दिएँ नि,’ उनले भने, ‘तर, उनी एउटा कानले सुनेर अर्काे कानले उडाइदिन्छिन् ।’
सुन्दर अनुहार, नृत्य/अभिनय क्षमताका कारण मनमा रेजिनालाई लिएका थिए, शोभितले । ‘त्यतिवेला उनलाई,’ उनी सम्झन्छन्, ‘मेकअप र ड्रेसको त्यति राम्रो ज्ञान थिएन, तर अहिले पर्फेक्ट कमर्सियल नायिका भइसकेकी छिन् ।’ यस फिल्ममा रेजिनाबाट सन्तोषजनक प्रतिफल हासिल गरेपछि उनीसँग करिब दर्जनजति फिल्म गरे शोभितले ।
उनलाई रेजिनाका मन पर्ने कुरा के-के होलान् ? ‘आफूलाई प्रस्तुत गर्न सिपालु छिन्, उनी,’ शोभितले बताए, ‘त्यस्तै, उनको ड्रेस सेन्स राम्रो छ । अनि, जोसँग पनि सजिलै र चाँडै घुलमिल हुन सक्छिन् ।’ रेजिनाले नौ वर्षदेखि आफ्नो फिगर जस्ताको तस्तै राख्नसकेकीमा चकित छन्, शोभित । यी त भए रेजिनाका बेस पक्ष ! शोभितलाई रेजिनाका मन नपर्ने कुरामा अरूसँग चाँडै घुलमिल हुने उनको स्वभाव पर्दाेरहेछ । अघि रेजिनाको यही स्वभावलाई राम्रो भनेका होइनन् ? ‘अरूसँग घुलमिल हुनु राम्रै कुरा हो, तर उनी जसलाई पनि छ
िट्टै विश्वास गर्छिन्,’ उनले प्रस्ट पारे । अरू पनि छन् कि रेजिनाका नराम्रा पक्ष ? ‘उनको सबभन्दा नराम्रो पक्ष भनेको उनी आफ्नो नराम्रो पक्ष सुन्नै चाहन्नन्,’ शोभितले बताए । रेजिनाको थप समीक्षा गर्छन्, उनी, यसरी- ‘चाँडै रिसाउँछिन् । सही र गलत छुट्याउन सक्दिनन् । र, हतारमा निर्णय गर्छिन् ।’
िट्टै विश्वास गर्छिन्,’ उनले प्रस्ट पारे । अरू पनि छन् कि रेजिनाका नराम्रा पक्ष ? ‘उनको सबभन्दा नराम्रो पक्ष भनेको उनी आफ्नो नराम्रो पक्ष सुन्नै चाहन्नन्,’ शोभितले बताए । रेजिनाको थप समीक्षा गर्छन्, उनी, यसरी- ‘चाँडै रिसाउँछिन् । सही र गलत छुट्याउन सक्दिनन् । र, हतारमा निर्णय गर्छिन् ।’

०००
असल साथी ! राम्रो निर्देशक ! राम्रो मान्छे !
शोभितका मन नपर्ने कुरा पनि टन्नै रहेछन् । ‘उहाँ बढी चर्चामा आउन चाहनुहुन्छ,’ उनले शोभितका ‘नअसल’ पक्षको पेटारो खोलिन्, ‘कसैले आफ्नोबारे केही राम्रो भन्यो भने फुरुंग पर्नँहुन्छ । अरूले मेरोबारे ५ प्रतिशत नराम्रो भन्यो भने उहाँ ९० प्रतिशत थपेर मलाई गाली गर्नँहुन्छ । धेरै शंका गर्नँहुन्छ ।’
‘चिनोजस्तो राम्रो फिल्म’ मा अवसर दिएकाले रेजिना शोभितप्रति सदा आभारी छिन् रे ! ‘मेरो सम्झनलायक फिल्म हो, त्यो । त्यसमा मलाई मौका दिएर शोभितजीले राम्रो साथीको भूमिका निर्वाह गर्नँभएको छ,’ उनले भनिन् ।
रेजिनाको शोभितप्रतिका दृष्टिकोण हो यो । उनलाई सोधियो- राम्रो निर्देशकमा हुनुपर्ने गुण के-के हुन् ? ‘कमान्ड गर्न सक्ने क्षमता, स्त्रिmप्टका कुरा पर्दामा उतार्ने सीप र रचनात्मकता,’ रेजिनाले राम्रो निर्देशकका गुण तोकिदिइन् ।
जे काम पनि हडबडाएर र हतार गरेर गर्नँ शोभितको कमजोरी देख्छिन्, उनी । शोभितले यो कमजोरी हटाउन के गर्नँपर्छ भन्ने पनि थाहा रहेछ उनलाई । के गर्नँपर्छ त शोभितले ? ‘उहाँले सोचेर काम गर्नँपर्छ,’ कुनै शिक्षिकाले झैँ उनले भनिन्, ‘पाँच दिनपछि कुनै काम राम्ररी गर्न सकिन्छ भने त्यति समय पर्खे भइहाल्यो नि !’

रेजिनालाई शोभितका धेरै कुरा मन पर्छन् । जस्तो कि ? ‘कसैलाई अप्ठ्यारो पर्दा जतिवेला पनि सहयोग गर्न तयार हुनुहुन्छ । राति १२ बजे होस् या खाना खाइरहेका वेला होस्, अथवा सुटिङका वेला,’ उनले बताइन् । यत्तिमै उनी रोकिइनन् । गडगडाएर शोभितको प्रशंसा गरिन्, ‘उहाँ जसलाई पनि छोटो समयमै कन्भिन्स गर्न सक्नुहुन्छ । सही बजेटले सही फिल्म बनाउनुहुन्छ । कामका वेला दायाँ-बायाँ केही मतलब गर्नँहुन्न । चौबीस घन्टा खट्न सक्ने इनर्जी छ, उहाँसँग । अनि, चलचित्र बनाएपछि सही समयमा सही हलमा रिलिज गर्ने खुबी पनि छ ।’ (साभार – नयाँपत्रिका)

No comments:
Post a Comment