सेक्स फिल्ममा काम गर्न तयार नायिका सोनिया केसी

Sonia KC once accused a director, Suresh Darpan Pokharel, trying to rape her. She took the case to the police and later sorted it out in mutual understanding.
When asked if she can work in sex films, she replied, “Why not, I can do any types of movies.” At the same time, she also told that she is still a virgin. You can read the interview below (in Nepali) to determine how virgin she might be:
नेपाली चलचित्रमा धेरै नायिका अभिनयका कारण होइन यौन मामिलामा उदार भएका कारण चर्चामा आउने गरेका छन् । त्यही सिलसिलामा जोडिएकी छन् नवनायिका सोनिया केसी, चलचित्र सिलसिलामा उतेजित अधर चुम्बनको दृष्य दिएर चर्चामा आएकी नवनायिका सोनीया त्यसभन्दा बढी निर्देशक सुरेशदर्पण पोख्रेलसँगको यौन विवादका कारण चर्चामा आइन् । सोनियाले प्वाक्कै भनिदिइन्, सुरेशले मलाई बल्तकारको प्रयास गर्यो, यही विवादले सुरेशलाई प्रहरी खोरसम्म पुर्यायो । तर विवाद यति फिल्मी शैलीमा मिल्यो की सुरेशले प्रहरी खोरमा रात विताउनै परेन ।
“सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ? “ भन्ने प्रश्न लाई सहज रुपमा लिदै सोनियाले उत्तर दिईन : “नगर्ने भन्ने कुरा छैन … “। तर साथै, उनले अहिलेसम्म सेक्सको अनुभव भने नगरेको बताइन। (पत्याउनु, नपत्याउनु तपाईको विचार)भोजपुरी चलचित्रमा अलि बढी नै ग्लामोर र अंग प्रदशन बिक्ने हुनाले होला एउटा नसकिदै अर्को फिल्म मा अनुबन्धन भै सकेको खबर आएको छ।
० आजकल कता व्यस्त हो ?
- भर्खरमात्रै ‘राजभाई’ नामक चलचित्र सिध्याएर ‘गोर्खा पल्टन’ चलचित्रमा काम गर्दैछु । यस चलचित्रमा पूर्व इन्डियन आइडल प्रशान्त तामाङले पनि अभिनय गर्नु भएको छ ।
- मलाई त त्यस्तो लाग्दैन । म चुजी पनि छु । जस्तो पायो त्यस्तो चलचत्रि पनि गर्दिन छानेर गर्छु, त्यो भएर पनि कम चलचित्र भएको हो । बजारमा मेरो चर्चा नभए जस्तो त मलाई लाग्दैन ।
० चर्चा त तपाईको सिनेमाको भन्दा बढी तपाई माथि बलात्कारको प्रयास भएकोमा हुने गरेको छ त ?
- बलात्कार प्रयास भएकै हो । त्यही भनेर म प्रहरीसम्म पुगेकी हुँ । त्यो कुनै काल्पनिक घट्ना होइन
० तर प्रहरीसम्म पुगेको बलात्कार जस्तो केशमा दोषीलाई त्यही दिन छाडियो । त्यसैले यो सोनिया चर्चामा आउन गरेको प्रपञ्च भनिन्छ नि ?
-सुरेशले गल्ती स्विकारेपछि छोडिएको हो । गल्ती स्विकारेपछि मैले नै सहमतिमा छाडेकी हुँ । हामीबीच सहमती गराएर प्रहरीले छोडको हो । मलाई चर्चामा आउन यस्तो गरिरहनु पर्दैन ।
- त्यही दिन उहाँ चलचित्र छाँयाङ्कन का लागि विदेश जान लागेको कारणले त्यस्तो सहमती गरेको हो । त्यस्तो कुरा लम्ब्याएर पनि काम छैन भनेर हो ।
० चलचित्र खेलाउने नाममा निर्माता निर्देशकले नवनायिका माथि शारिरिक शोषण गर्छन भन्छन, तपाई माथि त झन बलात्कारको प्रयास नै भयो ?
- हामी भन्दा अग्रज नायिकाहरुले पनि यस्ता कुरा बाहिर ल्याएनन् । यस्तो प्रथा धेरै छ चलचित्र क्षेत्रमा । अनि निर्माता निर्देशकहरुले सवैलाई यस्तो गर्न खोज्छन । मैले कतिपय नयाँ कलाकारबाट यस्तो कुरा सुन्ने गरेको छु । मलाई ट्यालेन्सीले काम गर्नु छ, अरुको ओछ्यान बनेर खेल्नु छैन ।
० भनेपछि त्यस्ता पीडित पनि छन् तर कुरा बाहिर ल्याउन चाहदैनन हैन ?
- हो, धेरै छन्, तर आˆनो करिअर बदनाम हुने डरले उनीहरु मुख खोल्दैनन् । काम नपाईने डरले उनीहरु सबै कुरा बाहिर ल्याउन चाहँदैनन् ।
० बलात्कार प्रयासको एउटा घट्ना बाहिर आयो, यस्तै व्यवहार अरु चलचित्रिकर्मीबाट पाउनु भयो ?
- म त्यसतो खालको केटी पनि हैन । मलाई अरुले त्यसपछि त्यस्तो अफर गरेका पनि छैन् ।
० तपाईको फोटोहरु त निकै हट छन नि सिनेमा बढी पाउने आशा हो ?
- सिनेमा पाउन कै लागि त हैन । जमाना अनुसार त्यतिको त खिच्नै पर्यो नि हैन र ।
० भनेपछि खुलेर अंगप्रदर्शन गर्नसक्नु हुन्छ ?

० कथाले मागे कतिसम्म दिने त ?
- कथाको विषयबस्तु हेरि गर्ने ।
० तपाईंको विहे गर्ने उमेर भैसक्यो हैन ?
- विहे गर्ने समय नै आएको छैन जस्तो लाग्छ । अझै सिनेमा क्षेत्रमा सघर्ष गर्ने योजनामा भएकाले विहे बारे केही सोचेकी पनि छैन ।
० ब्वायफ्रेण्ड त होलान् नि ?
- छैन, छैन अहिलेसम्म ।
० नव नायिकाहरु फिल्म खेल्नकै निर्माता, निर्देशकहरुको गर्लफ्रेण्ड बन्ने गर्छन नि ?
- कतिपय त्यस्ता पनि होलान, तर म त्यस्तो गर्ने पक्षको मान्छे हैनन । आफ्नो क्षमताले यस क्षेत्रमा आउनु पर्छ भन्ने मान्यता राख्छु ।
० उमेर कति भयो नि ?
- हत्तेरिका उमेर पनि सोध्ने ?
० हिरोइनहरु उमेर भन्न किन डराउँछन ?
- त्यस्तो होइन, म भरखरै २२ बर्षको भएँ ।
० आफुलाई कतिको सेक्सी मान्नु हुन्छ ?
- सेक्सी नै ठान्छु, अरुले पनि भन्छन ।
० सेक्सलाई कसरी व्याख्या गर्नुहुन्छ ?
- यो एउटा प्राकृतिक जैविक कुरा हो । मानवीय आवश्यकताको कुरा हो ।
० सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ?
- नगर्ने भन्ने कुरा छैन । कस्तो मेसेज दिने फिल्म हो, कस्तो स्टोरी छ, त्यो हेरेर राम्रो रैछ भने गर्छु ।
० विवाहपूर्वको सेक्स उचित हो ?
- हैन जस्तो लाग्छ ।
० सेक्सको अनुभव छ कि ?
- आइ एम सरी, मलाई अनुभव छैन ।
० यत्रो उमेरमा पनि छैन ?
- छैन, छैन, भए पो त छ भन्ने ।
No comments:
Post a Comment